समाचारआइतबार, चैत्र २२, २०७१
संघीयतालाई थाती राखेर संविधान बन्न सक्दैनः भट्टराई
एमाअाेवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संघीयताको विषयलाई थाती राखेर संविधान जारी गर्न नसकिने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घले आइतबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानसभाको मुख्य एजेन्डा संघीयताको विषय नै टुङ्गोमा नपुर्याई संविधान जारी हुन नसक्ने बताए ।
नेता भट्टराईले सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमालेले संविधानसभालाई अपहरण गरेको आरोप लगाए । “गत ११ माघदेखि नै संविधानसभाको अपहरण गर्ने खेल सत्ताघारी दलले गरेका छन्,” भट्टराईले भने ।
उनले सत्ताधारी दलले गणितीय दम्भ देखाएर परिवर्तनका अजेन्डालाई पाखा लगाएको उल्लेख गरे । अन्तरिम संविधानमा जुन मूल्य र मान्यता स्थापित छन् त्यसकै आधारमा संविधान जारी हुनुपर्र्ने उनकाे माग थियाे ।
