समाचारआइतबार, चैत्र २२, २०७१

मेडिकल काउन्सिलका अध्यक्ष गौतमले राजीनामा गरे

हिमालखबर

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.जागेश्वर गौतमले पदबाट राजीनामा गरेका छन्।

स्वास्थ्यमन्त्रालयबाट २६ कात्तिकमा काउन्सिलको अध्यक्षमा नियुक्त गौतमले २१ चैतमा राजीनामा गरेका हुन् ।

नेपालको चिकित्सा शिक्षामा भइरहेको वेथितिविरुद्ध १२ दिनसम्म अनशन गरेका डा.गोविन्द केसीका मागमध्ये काउन्सिल अध्यक्षको राजीनामा वा बर्खास्तीको माग समेत थियो ।

यसअघि गौतम सरकारी चिकित्सक भएर पनि निजी मेडिकल कलेज र अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका थिए। उनले मेडिकल कलेजको अनुगमन नै नगरी मापदण्ड पुगेको भन्दै सिफारिस गरेको पनि आरोप छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>