समाचारआइतबार, चैत्र २२, २०७१
एमाअाेवादीलाई संघीयताकाे कुरा गर्न सुहाउँदैनः पाैडेल
-श्याम गुप्ता, बारा
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाअाेवादी र मधेश केन्द्रीत दलहरुले संघीयताकाे कुरा गर्न नसुहाउने बताएका छन् ।
गणेशमान सिंहकाे शतबार्षिकी कार्यक्रमका लागि बारा पुगेका पाैडेलले माेर्चाका दलहरुमा अधिनायकवादी साेंच भएकाले संघीयताकाे कुरा गर्न नसुहाउने बताए । उनले भने, “संघीयता भनेकाे देश टुक्रयाउने मात्रै हाेइन ।”
उनले संघीयताले देशकाे चरित्र बदल्नुपर्ने बताए । पाैडेलले अहिलेकाे संक्रमणकालीन अवस्था अन्त्य गर्न गणेशमानले लिएकाे बाटाेकाे सम्झना गरे ।
