समाचारसोमबार, चैत्र २३, २०७१
संविधानसभा बैठक ३० चैतसम्म स्थगित
संविधानसभाको २३ चैतको बैठक पूर्वसभासद्हरु रामनाथ ढकाल र महेन्द्र राय यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै ३० चैतसम्मका लागि स्थगित भएको छ।
५४ दिनपछि बसेको संविधानसभाको बैठकमा यसअघिका केही बैठक बहिस्कार गरेका एमाओवादी नेतृत्वको मोर्चाका सभासद् पनि सहभागी थिए।
एमाले नेता ढकालको २१ चैतमा काठमाडौंमा र रायको १८ चैतमा सप्तरीमा मृत्यु भएको थियो ।
