समाचारसोमबार, चैत्र २३, २०७१

काठमाडौँका न्यायाधीश रेग्मीलाई काम गर्न रोक

हिमालखबर

पदीय कर्तव्य इमान्दारीपूर्वक नगरेको आरोप लागेका काठमाडौँ जिल्ला अदालतका अतिरिक्त न्यायाधीश खिलनाथ रेग्मीलाई सर्वोच्च अदालतमा हाजिर गराइने भएको छ ।

न्याय परिषद्को २३ चैतको बैठकले अतिरिक्त न्यायाधीश रेग्मीलाई कारबाहीको टुङ्गो नलागेसम्म पदीय हैसितयले गर्दै आएको काममा रोक लगाइएको परिषद्का निमित्त सचिव कृष्ण गिरीले जानकारी दिए ।

उनका अनुसार परिषद्ले रेग्मीबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको छ । समितिको प्रतिवेदनअनुसार कारबाहीको टुङ्गो नलागेसम्म सर्वोच्चमा हाजिरी गराइने भएको हो ।

न्यायाधीश रेग्मीले विभिन्न मुद्दामा गरेको फैसलामाथि परिषद्मा तीन उजुरी परेका थिए । सरकारी वकिलबाट न्यायाधीश बनेका रेग्मी २०६३ मा रोल्पा, २०६५ मा सिरहा, २०६८ मा ललितपुर र २०७० देखि काठमाडौँ जिल्ला अदालतमा कार्यरत छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>