समाचारसोमबार, चैत्र २३, २०७१

आमहड्ताल र वार्ता सँगसँगै लैजाने मोर्चाको निर्णय

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चाले २४ चैतदेखि आह्वान गरेको तीनदिने आमहड्ताल र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।

२३ चैत साँझमा बसेको मोर्चाको बैठकले औचित्यपूर्ण बार्तालाई निरन्तरता दिदै हड्ताललाई सशक्त बनाउने निर्णय गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए । उनका अनुसार हड्तालमा एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोगलगायत अत्यावश्यकीय साधनमा भने अवरोध गरिने छैन ।

विहान पाँचदेखि साँझ पाँच बजेसम्मको बन्द सकिएपछि मोर्चाको समीक्षा बैठक बस्नेछ । समीक्षा बैठकले सरकारसँग औचित्यपूर्ण बार्ताबारे निर्णय गर्ने सिंहले बताए ।

बैठकले चुरे भावर राष्ट्रिय पार्टीलाई पनि मोर्चामा आवद्ध गराउने निर्णय गरेको छ । अव मोर्चामा संविधानभित्र र बाहिरका ३१ दल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>