समाचारमंगलबार, चैत्र २४, २०७१
विहान पाँच नबज्दै कोटेश्वरमा ट्याक्सी जलाइयो
एमाअाेवादीको नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले कोटेश्वरमा विहान पाँच नै नबज्दै ट्याक्सी जलाएकाे छ ।
त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा १ ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले पेट्रोल छर्केर आगजनी गरेका हुन् ।
आगजनीबाट ट्याक्सी पूर्णरुपले क्षति भएपछि चालक बानियाँले अब आफूले परिवार कसरी पाल्ने भनेर हारगुहार गर्दै रोइरहेका छन् ।
माेर्चाले गरेकाे बन्दले जनजीवन प्रभावित बनेकाे छ ।
