समाचारमंगलबार, चैत्र २४, २०७१

स्थायी शिक्षकका लागि आज विज्ञापन खुल्दै

हिमालखबर

शिक्षक सेवा आयोगले आज मंगलबार माध्यमिक र निम्न माध्यमिक तहका लागि स्थायी विज्ञापन आब्हान गर्ने भएको छ ।

पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यमिक र निम्नमाध्यमिक शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराएपछि आयोगले विज्ञापन खुला गरेको हो ।

आयोगका अनुसार २०६३ वैशाख ११ गतेयता रिक्त पदमा विज्ञापन खुलाउन लागिएको हो । शिक्षा विभागले गत साता मावि तहको १ हजार ३ सय ८५ र निमावि तहको १ हजार ८ सय ६४ गरी ३ हजार २ सय ४७ पद रिक्त भइको तथ्थांक आयोगलाई दिएको थियो ।

नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>