समाचारमंगलबार, चैत्र २४, २०७१
प्रहरीकै गाडी राेक्न खाेजेपछि विजुलीबजारमा झडप
बन्दकर्ता र प्रहरीबीच काठमाडाैंकाे विजुलीबजारमा झडप भएकाे छ ।
बन्दकर्ताले प्रहरीकाे गाडी राेक्न खाेजेपछि झडप भएकाे हाे । तिनकुनेमा प्रक्राउ परेका बन्दकर्ता रिहाईकाे माग गर्दै प्रहरीकाे गाडी राेक्न खाेजेपछि झडप भएकाे हाे ।
झडपमा परी केही बन्दकर्ता र प्रहरी घाइते भएका छन् । झडपमा बन्दकर्ता रामप्रसाद खनाल, राम कार्कीलगायत घाइते भएकाे एमाअाेवादीले जनाएकाे छ ।
प्रहरीकाे गाडीमा बन्दकर्ताले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए । तीनदिने अाम हड्तालमा उत्रेका माेर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएकाे हाे ।
