समाचारबिहीबार, कार्तिक १६, २०६९
राष्ट्रपतिले शीर्ष नेताहरूलाई फेरि बोलाए
राष्ट्रपतिले १७ कार्तिक बिहान ९ बजे शीतल निवासमा वर्तमान राजनीतिक सङ्कट, बजेटलगायतका विषयमा दलहरुले गरेका प्रयासका बारेमा जानकारी लिन नेताहरुलाई बोलाएका हुन् ।
राजनीतिक सङ्कटको निकासका लागि दलहरूबाट भएका प्रयासको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
राष्ट्रपति यादवसँग १६ कार्तिकमा प्रधानमन्त्री बाबुराम भट्टराईले भेट गरेका थिए ।
दलका शीर्ष नेताहरूले समयसीमा तोक्दै राजनीतिक निकास दिने पटकपटक बताए पनि सहमति हुन नसकेको अवस्थामा ठोस कदम चाल्नका लागि दलहरूलाई राष्ट्रपतिले पुनः आग्रह गर्ने सल्लाहकार दाहालले बताए ।
छलफलका लागि एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका अध्यक्ष तथा मधेशी मोर्चाका संयोजकलाई बोलाइएको छ ।
