समाचारमंगलबार, चैत्र २४, २०७१
बन्द गराउनेलाई चैनपुरबासीले लखेटे
संखुवासभामा बन्दका बेला पसल खोलेको भन्दै तोडफोडमा उत्रिएका तीस दलीय मोर्चाका कार्यकर्ताहरुलाई स्थानीयले लखेटेका छन् ।
सखुवाभाको चैनपुर, त्रिचोकस्थित मनोज बस्नेतको मोबाइल पसल र पुष्प राउतको कस्मेटिक पसल २४ चैत दिउँसो तोडफोड भएलगत्तै स्थानीय चैनपुर बजारवासीले बन्दकर्तालाई लखेटेर बजार पूर्णरुपमा खुल्ला गराएका हुन् ।
सदरमुकाम खाँदबारीमा भने उद्योग वाणिज्य सङ्घले साप्ताहिक रुपमा सञ्चालन गर्दै आएको बजार प्रत्येक मङ्गलबार बन्द हुने गर्छ ।
