समाचारबुधबार, चैत्र २५, २०७१

कांग्रेस–एमाले नेताबीच छलफल

हिमालखबर

पछिल्लो राजनीतिक घटनाक्रम र संविधानसभाको बैठकलगायत विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच भेटवार्ता भएको छ ।

संविधान लेखनका विवादित विषयमा सहमति गरेर मात्रै संविधानसभाको बैठक हुनुपर्ने विपक्षी दलको भनाई आइरहेका बेला सत्तारूढ दलले सहमतिको प्रयाससँगै प्रक्रियाबाट भएपनि संविधान ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् ।

२४ चैत साँझ बालुवाटारमा द्विपक्षीय भेटवार्ताबारे एमाले महसचिव ईश्वर पोखरेलले भने, ‘संविधानसभाको आगामी बैठकलगायका विषयमा अनौपचारिक छलफल भएको हो । त्यस्तो कुनै निर्णय भएको छैन ।’

संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन दलहरुबीच पटक–पटक औपचारिक/अनौपचारिक बैठक बसेपनि सहमति जुट्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>