समाचारबुधबार, चैत्र २५, २०७१

‘सिरियल किलर’लाई सर्वस्वसहित ३५ वर्ष कैद

हिमालखबर

नेपालगञ्ज नगरपालिका–३ घरबाटीटोल घर भई ललितपुरको रिलायवल कोलोनीमा बस्ने वर्ष ३३ का सिंहले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ गठ्ठाघर बस्ने बुद्ध भन्ने जगत्सिंह तामाङ लगायत ६ जनाको हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला भएको हो ।

उनले ७ साउन २०६९ मा तामाङ्लाई लाई अपहरण गरी १० साउनमा हत्या गरेको अभियोग लागेको छ ।

त्यसैगरी सिंहले २०७० साल असोज ९ गते काठमाडौँ महानगरपालिका–३५ का लोमस औषधि कम्पनीको स्टोर प्रबन्धक रहेको ३२ वर्षीय नीरजजङ्ग पाण्डेलाई धनुषा बेंगाडावर–८ लालगढस्थित पूर्व–पश्चिम राजमार्ग नजिक पुर्‍याएर हत्या गरेका थिए ।

सिंहले जग्गाको कमिसन विवादमा काठमाडौँ इचँगुनारायण–२ का निरप भन्ने नरबहादुर गोतामेलाई ११ साउन २०६७ मा सुर्खेतको आशीर्वाद होटलमा लगेर औषधि खुवाई बेहोस बनाई हत्या गरेका थिए ।

त्यस्तै उनले १३ कात्तिक २०६९ मा काभ्रे शङ्खु पाटीचौर–४ घर भई कोटेश्वर बस्ने सार्कीमान तामाङको पनि हत्या गरेका थिए । अभिषेककै घरमा खाना पकाउने तामाङबाट आफ्ना गोप्य जानकारी सार्वजनिक गरिदिने आशङ्कामा सिंहले सुन्धारास्थित न्यु आकाश गेस्टहाउसको १०२ नम्बर कोठामा लगेर रक्सी खुवाई बेहोस बनाएर हत्या गरेका थिए ।

सिंहले हत्या गरेका चार जनाको पहिचान भए पनि अन्य दुई जना भने पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>