समाचारबुधबार, चैत्र २५, २०७१

कार्यकर्ता रिहाईपछि अाैपचारिक वार्ताः एमाअाेवादी

हिमालखबर

पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणलगायत विषयमा सहमतिको वातावरण बनाउन नेपाली कांग्रेस र एमाअाेवादीका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आमहडतालका कार्यक्रम फिर्ता लिएको र ३० चैतमा संविधानसभाको बैठक बस्ने भएको सन्दर्भमा दुई दलबीच छलफल भएको हो ।

छलफलमा एमाओवादीले मङ्गलबारको बन्दका क्रममा सरकारले गिरफ्तार गरेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै त्यसपछि मात्रै औपचारिक वार्ता हुने बताएको थियो भने कांग्रेसले घटना र मुद्दा हेरेर रिहाइ गरिने भन्दै वार्तालाई एकैसाथ अघि बढाउन आग्रह गरेको थियो ।

छलफलपछि एमाओवादीका महासचिव कृष्णबहादुर महराले गिरफ्तार भएका मोर्चाका कार्यकर्ताको रिहाइ, घाइतेको उपचार हुनुपर्ने जनाउँदै त्यसपछि वार्ता हुने पत्रकारलाई बताए ।

नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले हिंसात्मक गतिविधि र आन्दोलन छाडेर वार्ता र सहमतिमा आउन आफूहरुले आग्रह गरेको बताए । गिरफ्तार भएका कार्यकर्ताको रिहाइका सम्बन्धमा सरकारले आवश्यक काम गर्ने भन्दै संविधानका विवादित विषयमा चाँडै औपचारिक वार्ता गरिने बताए ।

छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, प्रवक्ता बडू, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल तथा एमाओवादीबाट महासचिव महरा, नेताहरु शक्तिबहादुर बस्नेत, टोपबहादुर रायमाझी र वर्षमान पुनलगायत थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>