समाचारबुधबार, चैत्र २५, २०७१
बाग्मती सफाइ अभियानमा एमालेको ऐक्यबद्धता
बाग्मतीलाई फोहोर हुन नदिने साझा सङ्कल्प गर्न आयोजना गरेको बाग्मती सरसफाइको मानव साङ्गो कार्यक्रमप्रति नेकपा एमालेले ऐक्यबद्धता जनाएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती सरसफाई जस्तो पवित्र अभियानप्रति ऐक्यबद्धता जनाउदै उक्त कामलाई सफल पार्न पार्टीका सबै कार्यकर्तालाई अपिल गरेका छन् ।
उनले जारी गरेकाे प्रेस विज्ञप्तिमा बाग्मती नदी किनारमा भेला भई यस अभियानलाई भव्यरूपले सफल पार्न र आगामी दिनमा बाग्मतीमा फोहोर नफाली नदी प्रदूषित हुने कुनै पनि गतिविधि नगर्न/ नगराउन तथा आफू वरिपरिको परिवेशलाई सफा राख्ने काममा पनि निरन्तर सक्रिय हुन सबैलाई आग्रह गरिएको छ ।
