समाचारबिहीबार, चैत्र २६, २०७१
‘सर्वोच्चले कसेपछि माओवादी जुट्न थाले’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जुनसुकै समयका भए पनि मानवताविरुद्ध भएका अपराधलाई कानूनी दायरामा ल्याउनु पर्नेमा जोड दिएका छन् ।
बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले सर्वोच्च अदालतले द्वन्द्वकालमा माओवादी तथा राज्य पक्षबाट भएका मानवता विरोधी अपराधलाई कानूनी दायरामा ल्याउन पहल गरिरहँदा टुक्रिएका माओवादीहरु एक जुट हुन थालेको केसीको भनाई छ ।
आफूमाथि हुनसक्ने सम्भावित कार्वाहीबाट बच्न माओवादीहरु एकजुट हुन थालेको उनले आरोप लगाए ।
उनले संविधानका लागि बहुमतीय प्रक्रिया नै उपयुक्त विधि भएकाले तत्काल प्रक्रिया अगाडि बढाउन सभाध्यक्षलाई आग्रह गरे ।
संसारका कुनै पनि मुलुकमा सहमतिबाट संविधान नबनेको भन्दै केसीले सबैको सहमति खोज्ने हो भने संबिधान बन्न नसक्ने बताएका थिए ।
