समाचारबिहीबार, चैत्र २६, २०७१

६ दिनपछि मृतक ठाकुरको दाहसंस्कार

हिमालखबर

रौतहटको गौरमा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट २० चैत राति मृत्यु भएका रामआशिस ठाकुरको शव २६ चैत साँझ लालबकैया नदीमा दाहसंस्कार गरिएको छ ।

आन्दोलनका क्रममा गौर बन्द रहेका बेला गाडिको ठक्करबाट मृत्यु भएका ठाकुरलाई शहीद घोषणाको माग गर्दै शवको दाह संस्कार गरिएको थिएन ।

रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापना हुने भएपछि त्यसको विरोधमा उद्योग वाणिज्य संघको नेतृत्वमा गौरमा आन्दोलन भएको थियो । पछि सरकारले चन्द्रनिगाहपुरमा कार्यालय स्थपनाको निर्णय फिर्ता गरेको र आन्दोलन चलिरहेका बेला दुर्घटनामा मृत्यु भएका ठाकुरलाई शहीद घोषणाका लागि स्थानीय प्रशासनले पहल गर्ने लगायतका सहमति भएपछि संघले आन्दोलन फिर्ता लिएको थियो ।

उद्योग वाणिज्य संघले आन्दोलन फिर्ता लिए पनि एमओवादी नेतृत्वको मोर्चाले माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेको थियो । २६ चैत विहान मोर्चाका नेताहरुको सहभागितामा गौर नगरपालिकामा शवयात्रापश्चात् श्रद्धाञ्जलिसभाको आयोजना गरेपछि मृतक ठाकुरको दाहसंस्कार गरिएको हो ।

योसँगै आन्दोलनका सबै कार्यक्रम समेत फिर्ता लिइएको छ ।

श्रद्धाञ्जलिसभालाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र यादव, एमाओवादीका हरिबोल गजुरेल, तमलोपाका उपाध्यक्ष गोविन्द चौधरीले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>