समाचारशुक्रबार, चैत्र २७, २०७१

सगरमाथा हुँदै काठमाडौंमा रेल

हिमालखबर

चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाडौंसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो।

नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा लेखेको छ।

तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको सिगात्से ल्याइपु:याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो।

नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिको कारण सगरमाथामा सुरुङ मार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियरिङ अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।

अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>