समाचारशुक्रबार, चैत्र २७, २०७१
सहमति नभए प्रक्रियाः पाेखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ३० चैतसम्म संविधानको विवादित विषयमा सहमति नभए प्रक्रियामा जाने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीको क्रममा उहाँले सहमति भएका विषयमा सहमति र सहमति नभएका विषयलाई थाँती राखेर अगाडि बढ्ने धारणा प्रकट गरे ।
उनले संविधान निर्माणको विषयमा गम्भीर भएर संविधानसभाका सम्पूर्ण दल लाग्नुपर्ने आवश्यकता अाैल्याए ।
