समाचारशुक्रबार, चैत्र २७, २०७१

‘उपेन्द्र यादवसँग आन्दोलन गर्ने आधार छैन’

हिमालखबर

आम हड्ताल फिर्ता लिएका ३० दलीय मोर्चाकाे प्रमुख घटक मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी सडक आन्दोलन नभई संविधानसभाबाट संविधान बनाउनुपर्ने बताउँछन् । हिमालखबरसँग उनले भने, ‘‘सडक आन्दोलनको औचित्य छैन ।’’

ramjanam२७ चैतमा बोलाइएको ३० दलीय मोर्चाको बैठक के कारणले बस्न नसकेको हो ?
मोर्चाका कतिपय दलका प्रमुख नेताहरु आफु बैठकमा नआउने तर, पछि निहुँ खोज्ने गर्छन् । आज पनि ती नेताहरु बैठकमा नआएकाले स्थगित गरिएको हो । उहाँहरु आएपछि मोर्चाको बैठक बस्छ ।

बन्द फिर्ता लिएपछि उहाँहरु त बैठकलाई औचित्यहिन भन्दै हुनुहुन्छ ?
त्यो आफ्नो हैसियत नबुझ्ने नेताहरुले भनेका हुन् । आफू मोबाइल अफ गरेर बस्ने । दोस्रो, तेस्रो तहका नेताहरु बैठकमा पठाएर बाहिर निहुँ खोज्नुको अर्थ छैन ।

तर, मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव त एमाओवादीसहितको मोर्चाबाट छुुट्टिने कुरा गर्दै हुनुहुन्छ नि ?
उपेन्द्र यादवसँग आन्दोलन गर्ने आधार के छ ? जब आन्दोलनको औचित्य छैन भने त्यस्तो आन्दोलन किन गर्ने ? सत्तापक्षले संविधानसभाको बैठक लामो समयदेखि स्थगित गरेर सहमति गरौं भन्दैछ भने हामीले आन्दोलन भन्नु हुँदैन ।

उपेन्द्र यादवले मधेशी मोर्चालाई सक्रिय बनाउने कुरा गर्दै हुनुहुन्छ नि ?
कसैलाई रहर लाग्छ भने मोर्चाबाट बाहिरिए केही फरक पर्दैन । उपेन्द्र यादव एक्लै आन्दोलन गर्छु भन्नुहुन्छ भने भन्नु केही छैन । तर, मधेशी मोर्चा सहमतिबाट संविधान बनाउने पक्षमा छ ।

त्यसोभए मधेशी मोर्चा पनि फुट्छ ?
अजेण्डा उठाउने कुरामा मधेशी मोर्चा पहिलेदेखि नै एक छ । तर, कसैलाई रहर लाग्छ भने के गर्ने र ।

के अव तपाईहरु आन्दोलन छाडेर संविधानसभाबाटै संविधान बनाउने पक्षमा लाग्नुभएको हो ?
हामी पहिलेदेखि नै संविधानसभाबाट संविधान बनाउने पक्षमा छौं । आन्दोलन सहमतिका लागि दबाब दिनका लागि मात्रै हो । अहिले सहमतिका लागि छलफल भइरहेको छ । संविधानसभाबाटै संविधान बनाउने हो ।

अनि, कांग्रेस–एमालेसँग छलफल कहाँ पुग्यो ?
मोर्चाको संयोजकको हैसियतमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक छलफल गरिरहनुभएको छ । आशा गरौं चाँडै औपचारिक बार्ताबाट सहमतिमा संविधान बन्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>