समाचारशुक्रबार, चैत्र २७, २०७१
उपेन्द्र यादवले अर्कै माेर्चा बनाउने
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितकाे संघीयताका लागि नयाँ माेर्चा बनाउने बताएका छन् ।
उनले पहिचानसहितको सङ्घीयताका लागि ३० दलीय मोर्चाको निर्माण भएपनि उद्देश्य बिपरीत अान्दाेलन फिर्ता गरेकाले नयाँ माेर्चा बनाइने बताए । उनले भने, “विभेदरहित संविधान निर्माण गर्न मुलुकमा नयाँ क्रान्तिकारी मोर्चाको आवश्यकता छ । त्यस्ताे माेर्चा बन्छ ।”
यादवले विराटनगरमा अायाेजित पत्रकार सम्मेलनमा मधेसी, आदिवासी जनजाति र सीमान्तकृतलगायतको आफ्नै मोर्चा बन्ने बताए ।
