समाचारशनिबार, चैत्र २८, २०७१

सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुन्छ: प्रधानमन्त्री

हिमालखबर

PM  joins human chain to mark the hundred weeks of Bagmati Cleanप्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुने दृढता व्यक्त गर्दै त्यसमा ढुक्क हुन आग्रह गरेका छन् ।

बाग्मती सफाइ महाअभियानअन्तर्गत २८ चैत बिहान तिलगङ्गा क्षेत्रमा भएको सभालाई सम्बोधन गर्दै उनले हिमाल, पहाड, तराई, महिला, आदिवासी, जनजाति सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुने बताए ।

अहिले आन्दोलनभन्दा पनि संविधान लेखन नै प्रमुख प्राथमिकता भएकाले सरकारको ध्यान त्यसैतर्फ केन्द्रित रहेको स्पष्ट गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘‘मुलुकले अब आन्दोलन थेग्न सक्दैन ।’’

शान्ति, संविधान, विकास र आर्थिक समृद्धि, नेपाली जनताको चाहना भएकाले जनताका ती आकाङ्क्षा पूरा गर्ने लक्ष्यलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको प्रधानमन्त्री कोइरालाको कथन थियो ।

बाग्मती सफाइ अब साझा अभियान हुनुपर्छ भन्दै उनले महाअभियानमा जुट्न सबैलाई आग्रह गरे । तिलगङ्गा क्षेत्रमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>