समाचारशनिबार, चैत्र २८, २०७१
पूर्वमन्त्री अन्सारीको निधन
पूर्वमन्त्री सलिम मियाँ अन्सारीको ६३ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित अन्सारीको २८ चैतमा उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
उनी बाराबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेकपा एमालेमा रही लामो समय राजनीति गरेका अन्सारी २०६२ सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री भएका थिए भने केही समय राप्रपा नेपालमा समेत सक्रिय थिए ।
पछिल्लो समय उनी एमाओवादीमा प्रवेश गरेका थिए । उनकी छोरी उषाकिरण अन्सारी एमाओवादीका तर्फबाट सभासद छिन् ।
अन्सारीको शवलाई आजै बारामा धार्मिक परम्परानुसार समाधिस्थ गरिएको छ ।
