समाचारआइतबार, चैत्र २९, २०७१
तेस्राे संविधानसभाकाे षडयन्त्र सफल हुँदैनः भण्डारी
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अब कुनै पनि बहानामा संविधान निर्माण प्रकृया नरोकिने बताएका छन् ।
एमाले भक्तपुरले गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उनले सहमतिकै नाममा अब संविधानसभालाई रोकेर राख्न नसकिने बताए ।
संविधानसभालाई पनि असफल बनाएर तेस्रो संविधानसभा निर्वाचन गराउने षडयन्त्र सुरु भइसकेको विचार व्यक्त गर्दै नेत्री भण्डारीले यो षडयन्त्रलाई किमार्थ सफल हुन नदिइने दृढता व्यक्त गरे ।
