समाचारशुक्रबार, कार्तिक १७, २०६९
सरकारले ब्रह्मलुट गरेको छ: नेता ज्ञवाली
पार्टी कामका लागि पाँचथरको फिदिम आएका ज्ञवालीले १७ कार्तिकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले माओवादीका अयोग्य लडाकुलाई करोडौं रकम बाँडने निर्णय गरी ब्रह्मलुट गरेको बताए ।
“बर्तमान सरकारले कहिले अयोग्य लडाकु, कहिले युवा स्वरोजगार कार्यक्रम त कहिले गरिबी निवारण कोषका नाममा राज्यकोषको ब्रह्मलुट गरिरहेको छ,” ज्ञवालीले भने । सरकारले व्यापकरुपमा राज्यकोषको दुरुपयोग गरेको भन्दै अव त्यस्को प्रतिबादमा सबै दलले साझा धारणा बनाएर अगाडि बढ्ने पनि उनले बताए ।
नेता ज्ञवालीले मुलुकमा जारी संकट समाधानका लागि बर्तमान सरकारको बहिर्गमन र संयुक्त राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा एमालेको दाबी नरहने पनि उनले बताएका थिए । लक्ष्मी गौतम, पाँचथर
