समाचारआइतबार, चैत्र २९, २०७१
संविधान निर्माणलाई टुङग्याउनुपर्छ, अब म टुङग्याउछु: दाहाल
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संविधान लेखनलाई अघि बढाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।
अध्यक्ष नेम्वाङको सरकारी निवास बालुवाटारमा २९ चैत साँझ भएको छलफलमा संविधानका अन्तरवस्तुमा रहेको विवादलाई छिट्टै सुल्झाउने विषयमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष दाहालले संविधानका धेरै अन्तरवस्तुमा सहमति भइसकेकाले संविधान लेखनलाई टुङग्याउनुपर्छ भन्नेमा आफू पुगेको बताएको अध्यक्ष नेम्वाङले जानकारी दिए ।
दाहालले अब संविधान निर्माणलाई टुङग्याउनुपर्छ भन्नेमा आफू पुगेको र असहमतिका विषयमा सहमति गरी चाँडै संविधान निर्माण गर्नका लागि आफूले प्रयास गरिरहेको बताएका थिए ।
रासस
