समाचारसोमबार, चैत्र ३०, २०७१

व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

हिमालखबर

वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ ।

२९ चैत साँझ ७ः३० बजे पसलमा बसिरहेका बेला महेशमाथि गोली प्रहार गरी भाग्दै गरेको भारत मुजफरपुरका रवि सिंहलाई पर्सा प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको हो ।

गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा टाइगर प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा घटनास्थल नजिकैबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले बताए ।

उसले के कारणले व्यापारी अग्रवालमाथि गोली प्रहार गरेको हो भन्ने कुरा अनुसन्धान भइरहेको उनले बताए । सिंहको साथबाट एकथान पेस्तोल, तथा १० राउन्ड गोली बरामद भएको छ । सिंहले ठाउँठाउँमा छाडेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>