समाचारशुक्रबार, कार्तिक १७, २०६९

नेपाली आकाशमा ‘निलम’को प्रभाव

हिमालखबर

बुधबार आएको सो आँधीबेहरीपछि नेपाली आकाश खुल्न सकेको छैन र चिसो बढेको छ । बदली भए पनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

यो साता निलम, स्यान्डीलगायतका सामुद्रिक आँधीका कारण भारत, श्रीलङ्का, अमेरिका, हैटीलगायतका राष्ट्रमा धनजनको ठूलो क्षति भएको  छ ।

नेपालमा अक्टोबर र नोभेम्बर महिना सबैभन्दा कम पानी पर्ने महिनाको रुपमा लिने गरिन्छ ।

वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बिहीबार आकाशमा पटकपटक बदली भएको देखिए पनि अहिले आँधीको प्रभाव कमजोर भएर मौसम सफा हुँदै आएको बताए ।

उनका अनुसार अझै एक/दुई दिन पानी पर्ने संभावना छैन । पानी पर्न थालेपछि भने दिउँसोको तापक्रम पनि घटेर चिसो बढ्ने छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>