समाचारसोमबार, चैत्र ३०, २०७१
फाैजदारी न्याय प्रणालीमा नेपाल प्रतिवद्ध छःगृहमन्त्री गाैतम
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले निष्पक्ष एवम् जवाफदेही फौजदारी न्याय प्रणालीका सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
कतारको राजधानी दोहामा भइरहेकाे ‘अपराध रोकथाम तथा फौजदारीन्याय’ विषयक संयुक्त राष्ट्रसङ्घीय १३औँ महासभालाई सम्बोधन गर्दै उनले अन्तरदेशीय अपराध हुन नदिन पारस्परिक कानुनी सहायता, प्रत्यर्पण, सङ्गठित अपराध नियन्त्रण तथा मुद्रा निर्मलीकरणसम्बन्धी कानुन कार्यान्वयन गरिएको बताए ।
नेपालको विद्यमान कानुन संशोधनका लागि फौजदारी कार्यविधि संहिता, फौजदारी कसूरमा सजाय निर्धारण नियमावली, दण्ड ऐन, केही नेपाल संशोधन ऐनलगायत विधेयक व्यवस्थापिका–संसद्मा पेस गरिएको जानकारी दिँदै उहाँले ती विधेयकले परिवर्तित प्रवृत्ति र फौजदारी न्यायप्रणालीका आवश्यकता सम्बोधन गर्ने उपप्रधानमन्त्रीले बताए ।
द्वन्द्वकालका मुद्दा छानबिन गर्न अन्तर्राष्ट्रिय कानुनको भावनाबमोजिम हालै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री गौतमले ती आयोगले दोषीलाई कानुनको कठघरामा ल्याउने र देशमा दिगो शान्ति र स्थायित्व कायम हुनेमा सरकार विश्वस्त रहेको बताए ।
