समाचारसोमबार, चैत्र ३०, २०७१

संविधान निर्माणमा एमालेले विलम्ब नगर्ने

हिमालखबर

नेकपा एमाले संसदीय दलको एक्काइसौंँ बैठकले अव संविधान निर्माणमा विलम्ब नगर्ने निर्णय गरेकाे छ ।

३० चैत दिउँसाे बसेकाे बैठकले नेपाली जनताको आकाङ्क्षा र निर्देशन तथा देशको आवश्यकताअनुरुप संविधान निर्माणको प्रक्रिया विलम्ब नगरी अघि बढाउँदै छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्ने निर्णय गरेकाे छ ।

बैठकले सहमतिका निम्ति वार्ताको माध्यमबाट निरन्तर प्रयत्नशील रहँदै संविधाननिर्माणमा संविधानसभाको कामकारबाही अगाडि बढाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>