समाचारसोमबार, चैत्र ३०, २०७१

धरहरा चढेपछि केपी अाेलीले लेखे, ‘सामाजिक सद्भाव धरहराजस्तै अग्लाे हुनेछ’

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बोलाएको शीर्ष बैठकमा अनुपस्थित भएपछि एमाओवादीले आपत्ती जनाएको छ ।

एमाओवादीका पूर्व सभासद सलिममियाँ अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गराउँदै ६ वैशाखसम्मलाई संविधानसभाको बैठक स्थगित गराएर नेम्वाङले बोलाएको शीर्ष बैठकमा एमालेका दोस्रो तहका नेताहरु पठाएको भन्दै आपत्ती जनाएका हुन् ।

एमाओवादीको आपत्ती ओली अनुपस्थित भएको भन्दा पनि बैठकलाई वास्ता नगर्दै धरहरा चढ्न गएकोमा छ । एमाओवादीले यसै विषयलाई लिएर सत्तापक्ष बार्तामा गम्भीर नभएको आरोप मात्रै लगाएनन्, बैठक नयाँ बर्षको शुभकामना आदानप्रदानमै सीमित बन्यो ।

बैठकमा एमालेतर्फबाट सहभागी उपाध्यक्ष भीम रावलले भने पार्टी अध्यक्षले पूर्ण अधिकार दिएको भनेर  प्रष्ट्याए ।

यता, पार्टी अध्यक्ष ओलीले भने पुरानो बर्षको विदाई र नयाँ बर्षको स्वागतका लागि धरहरा चढेको प्रतिक्रिया दिएका छन् । उनले साँझ ट्वीट गरेर यस्ताे जनाएका हुन् ।

उसाेत अाेलीले राजनीतिक सन्देशकै लागि धरहरा चढेको बताइएकाे छ । ओलीको भनाई उदृत गर्दै स्वकीय सचिव रमेश आचार्यले भने, ‘‘२०७२ सालमा संघीय लोकतान्त्रिक संविधान ल्याउन अहिलेको राजनीतिक उचाईले नपुग्ने भएकाले अन्य नेताहरुलाई सन्देश दिन धरहरा चढेका हुन् ।’’

सामाजिक सद्भावलाई कायम राख्ने संघीयताबारे उच्च स्थानबाट हेर्न आवश्यक भएकाले ओलीले धरहरा चढेर अरुलाई सन्देश दिएको आचार्यको भनाई थियो ।  अाेलीले केही पत्रकारहरुलाई समेत  बाेलाएर धरहरा चढेका थिए ।

IMG_0166

तस्वीरहरुःअानन्दराम डंगाेल

IMG_0167 IMG_0187 IMG_0193

अाेलीले धरहरा चढेपछि त्यहाँकाे पुस्तिकामा पनि सामाजिक सद्भाव धरहराजस्तै अग्लाे हुनुपर्ने लेखेका छन् ।

IMG_0256 IMG_0260

अाेलीले अाजै संसदीय दलकाे बैठक राखेर संविधान निर्माणमा विलम्ब नगर्ने निर्णय गराएका छन् ।

IMG_0105

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>