समाचारसोमबार, चैत्र ३०, २०७१
एमाओवादी मोर्चाको ह्वीप उपेन्द्र यादवले मानेनन्
तीनदिन आमहड्ताल बीचमै फिर्ता लिएको भन्दै असन्तुष्ट मधेशी जनाधिकार फोरम नेपालले एमाओवादी मोर्चाको ह्वीप नमानेका हुन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३० चैतमा बोलाइएको संविधानसभाको बैठकमा अनिवार्य उपस्थित हुन गरेको ह्वीपलाई नमानेको हो ।
एमाओवादीका पूर्वसभासद् सलिममियाँ अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गराउने बैठकमा उपस्थित हुन मोर्चा आवद्ध दलका सभासद्हरुलाई उपस्थित हुन दाहालले ह्वीप जारी गरेका थिए ।
दाहालले २६ चैतमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेटेर शोक प्रस्ताव पेश गरिदिन आग्रह गरेपछि संविधानसभा बैठक अस्वीकार गर्दै आएको मोर्चाका सभासद्हरु उपस्थित भएका थिए ।
मधेशी जनाधिकार फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले पार्टीको नीति अनुसार बैठकमा सहभागी नभएको बताए । उक्त पार्टीले माेर्चाकाे निर्णयप्रति विज्ञप्ती जारी गरेरै असहमति जनाइसकेकाे छ ।
