समाचारशुक्रबार, कार्तिक १७, २०६९

चुनावमा जाने सहमति तर, सरकारमा कुरा मिलेन

हिमालखबर

आगामी वैशाखमा संविधानसभाको चुनाव गर्ने सम्बन्धमा लगभग सहमति भइसकेको भन्दै नेताहरूले सरकार गठनका सम्बन्धमा कुरा नमिलेको जनाएका छन् ।

ललितपुरको सुनाकोठीस्थित एकजना व्यापारीको घरमा बसेको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिएर चुनावमा जानुपर्ने प्रस्ताव राखेको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिए ।

काङ्ग्रेस र एमालेका नेताहरूले भने भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन नसकिने धारणा दोहो¥याएका थिए । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले यसअघि भएको सहमति अनुसार काङ्ग्रेसको नेतृत्वमा सरकार गठन गरी अघि बढ्नुपर्ने बताएको जानकारी दिए ।

नेताहरूले सरकारको नेतृत्व र स्वरुपबारे अन्तिम निर्णय गर्न औपचारिक अनौपचारिक छलफललाई जारी राख्ने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>