समाचारमंगलबार, बैशाख १, २०७२
झापा आन्दोलनका सहयोद्धाहरुसँग ओलीले नयाँ बर्ष मनाए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका सहयोद्धाहरुसँग नयाँ बर्ष मनाएका छन् ।
उनले भर्खरै एमाले प्रवेश गरेका राधाकृष्ण मैनाली, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललगायतलाई नीजि निवास बालकोट बोलाएर नयाँ बर्ष मनाएका छन् ।
पञ्चेबाजा र नेवारी संस्कृतिका बाजाहरु बजाएर नयाँ बर्ष उत्सव मनाएका थिए । अाेलीले बाजा बजाउँदै अरु नेताहरु नाचेका थिए ।
सामाजिक सद्भावसहितको नयाँ संघीय लोकतान्त्रिक नेपाल बनाइने बताउँदै आएका ओलीले घरमा राष्ट्रिय झण्डा फहराउँदै तस्वीर खिचाए ।
दुई सय भन्दा बढी कार्यकर्ता सहभागी उत्सवमा उनले दिवाभोजको प्रबन्ध समेत गरेका छन् । कार्यक्रममा चिनिया राजदूत उ चिन्ताइ पनि सहभागी थिए ।
ओलीले विधि र प्रक्रिया मिलाउनुपर्ने भएकाले आगामी जेठमा नयाँ संविधान संभव नहरेको बताए । ओलीले भने, ‘‘गणतन्त्र दिवसमा नयाँ संविधान दिन सकिएन तर, यो बर्ष संविधान आउँछ ।’’







