समाचारमंगलबार, बैशाख १, २०७२

खुला बजार अर्थतन्त्रको वकालत गर्ने चालिसे रहेनन्

हिमालखबर

bholaपूर्व सचिव डा. भोला चालिसेको ६५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी चालिसेको १ वैशाखमा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो ।

खुला बजार अर्थतन्त्रका प्रखर हिमायती र यसको पक्षमा निरन्तर वकालत गर्ने चालिसेले उद्योग सचिव, नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक, राष्ट्रिय वाणिज्य ब्यांकका अध्यक्ष भएर काम गरेका थिए ।

उदार अर्थतन्त्रका पक्षमा निडर भएर वकालत गर्ने चालिसे निजी क्षेत्रलाई प्रतिस्पर्धी रुपमा अघि बढ्न दिनुपर्ने मान्यता राख्थे । पशुपतिस्थित आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>