समाचारमंगलबार, बैशाख १, २०७२

‘हामी शरीरका काम लाग्नेजति अङ्ग दान दिन्छाैं’

हिमालखबर

सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र उनका पत्नी दुर्गा रिजालले शरीरका काम लाग्नेजति अङ्ग दान दिने जनाएका छन् ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य फाउन्डेसनले गरेकाे छैठौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको शुभारम्भ गर्दै उनीहरुले भने, “हामी शरीरका काम लाग्नेजति अङ्ग दान दिन प्रतिबद्ध छौँ ।”

चिकित्सकका अनुसार मृत्युपछि मानव अङ्गहरु खासगरी आँखा, मिर्गाैला, कलेजोलगायतका अङ्ग दोस्रो व्यक्तिलाई काम लाग्न सक्छ । नेपालमा मानव अङ्ग आँखा र मिर्गाैला प्रत्यारोपण कार्य सफलतापूर्वक अगाडि बढिरहेको छ । अङ्ग दानसम्बन्धी ऐन परिमार्जन नहुँदा कलेजो प्रत्यारोपण कार्य हुन सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>