समाचारमंगलबार, बैशाख १, २०७२
रातकाे दुई बजे सभाध्यक्षलाई म्यासेज, ‘कहिले संविधान अाउँछ ?’
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अाफूलाई रातकाे दुई बजे पनि म्यासेज अाउने गरेकाे बताएका छन् ।
उनले भने, “माघ ८ मा संविधान जारी गर्ने भनियो तर सकिएन, कहिलेकाहीँ त रातको २ बजे मोबाइल बच्छ, के आयो भनेर हेर्यो, संविधान कहिले आउँछ भन्ने प्रश्न हुन्छ ।”
नेम्वाङले लहरूलाई जनतासामु दिइएको वचन आआफ्ना घोषणापत्रमा लेखेका कुरालाई पुनः हेर्न आग्रह गरे । उनले संविधान लेखनका विवादित विषयमा सहमति गर्न दलको आग्रहमा छ दिनको समय थप गरिएकाले अब पर्खिन नसकिने बताएका छन् ।
दिशानिर्देशक प्रेस क्लब तथा ‘उपत्यका’ राष्ट्रिय दैनिक र ‘दिशानिर्देशक’ राष्ट्रिय साप्ताहिकको १२ औँ वार्षिकोत्सवका अवसरमा क्लबले गरेको कार्यक्रममा उनले दलहरूलाई सहमति गर्न दिइएको समय सोमबार दुई महिना पुगिसकेको हुनाले ६ वैशाखपछि सहमतिका नाममा पर्खन नसकिने बताए ।
नेम्वाङले भने, “दलहरूले पटक पटक दुई घन्टामा सहमति गछौँ भन्नुहुन्छ, क्लिक गर्न मात्रै बाँकी छ भन्नुहुन्छ, तर दुई महिना बितिसक्दा पनि सहमति हुन सकेको छैन ।”
