समाचारबुधबार, बैशाख २, २०७२
संविधान लेख्नैपर्ने बाध्यता आयोः कोइराला
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले दलहरुसँग संविधान लेख्नैपर्ने बाध्यता रहेको बताएका छन् ।
लमजुङ पुगेका कोइरालाले संविधान नलेख्ने बाहना सकिएकाले संविधान यही बर्ष आउने बताए । उनले भने, ‘‘राज्य पुनःसंरचना बाहेकका विषयमा कुरा मिलिसक्यो, अव संविधान बन्छ ।’’
कोइरालाले राजनीतिक स्पष्टता र दृढता भए चाँडै संविधान बन्ने बताए ।
-युवराज श्रेष्ठ, लमजुङ
