समाचारबुधबार, बैशाख २, २०७२
विवादित विषय थाती राखेर संविधानः नेता नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले विवादित विषयलाई अनुसूचीमा राखेर भए पनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।
एमाले सिन्धुपाल्चोक क्षेत्र १ को तेस्रो क्षेत्रीय अधिवेशनको लिसङ्खुमा उद्घाटन गर्दैै उनले अब जनतालाई धेरै दिन ढाँट्न नसकिने हुँदा यही ६ वैशाखमा बस्ने संविधानसभाको बैठक अगाडि नै सो विषयमा छलफल गरेर निष्कर्षमा जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले लामो समयसम्म देशलाई अनिर्णयको बन्दी बनाउन नहुने धारणा राखे ।
