समाचारबिहीबार, बैशाख ३, २०७२

थापाको पार्थिब शरीर अपराह्न काठमाडौं ल्याइँदै, भोली अन्त्येष्टी

हिमालखबर

sb_thapaराष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

बैठकले थापाको निधनबाट मुलुकले एउटा राजनेता गुमाएको एवम् पार्टीलाई अपूरणीय क्षति भएको ठहर गरेको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको निवास महाराजगञ्जमा बसेको बैठकले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ ।

स्व थापाको पार्थिव शरीर भारतीय सरकारको विशेष विमानद्वारा ३ वैशाख अपराह्न काठमाडौँ ल्याइने भएको छ ।

काठमाडौँ ल्याएपछि थापाको पार्थिव शरीरलाई उनको निजी निवास मालीगाउँमा ४ वैशाख बिहानसम्म राखिने, १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने पार्टी प्रवक्ता किरण गिरीले जानकारी दिए ।

थापाको ४ बैशाख साँभः पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।

भारतको मेदान्त अस्पतालमा उपचाररत थापाको २ वैशाख राति १०: ४४ बजे निधन भएको  थियो  । थापालाघ  १६ चैतमा उनका छोरा वाणिज्य मन्त्री  सुनिलबहादुर थापाले उपचारका लागि दिल्ली लगेका थिए ।

थापा संविधानसभाका ज्येष्ठ सदस्य हुन । धनुकटामा जन्मिएका थापा पाँच पटक (२०२२–२०२६),  (२०३५–२०३८),  (२०३८–२०४०), (२०५४–२०५५) र (२०५९–२०६०) मा प्रधानमन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>