समाचारबिहीबार, बैशाख ३, २०७२
कांग्रेसमा पदाधिकारी विवाद
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिन वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पदाधिकारी संख्या बढ्न नदिने अडान राखेको छ ।
संस्थापन पक्षले आकांक्षीलाई मिलाउनका लागि पदाधिकारी संख्या बढाउन लागेको निष्र्कषसहित देउवा पक्ष सो प्रस्तावको विपक्षमा उभिएको हो ।
महाधिवेशन तयारीकै क्रममा केही दिनअघि भएको देउवापक्षीय नेताहरुको भेलामा पदाधिकारी संख्या बढाउन नहुने सुझाव अधिकाश नेताले राखेका थिए ।
भेलाले पदाधिकारी बढाउँदा संस्थापन पक्षलाई एडजस्ट गर्न सजिलाे हुने भन्दै संस्थापन पक्षमा रहेकाे एकता भत्काउन पदाधिकारी बढाउन नदिने रणनीति समेत तय गरेकाे एक नेताले बताए ।
राजधानी दैनिकबाट
