समाचारबिहीबार, बैशाख ३, २०७२
कैलालीः तीन बालिकाको डुबेर मृत्यु
कैलाली अत्तरिया–१३ नजिक मनहरा खोलामा नुहाउने क्रममा तीन बालिकाको डुबेर मृत्यु भएको छ ।
३ वैशाख मध्याह्न करिब १२ः१५ बजे अत्तरिया–. १३ की १२ वर्षीया करिस्मा गिरी, धनगढी–१ शिवनगरकी १२ वर्षीया अस्मिता नाथ र ९ वर्षीया अनिसा नाथको मनहरा खोलमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक कुलदीप चन्दले बताए ।
धनगढी शिवनगरका नाथ दिदिवहिनी विदाका बेला फुपुको घर आएका थिए, गिरी उनीहरुकी फुपुकी छोरी हुन् ।
दीपक उपाध्याय, धनगढी
