समाचारबिहीबार, बैशाख ३, २०७२

‘संविधान घाेषणा हुने मिति खल्तीमा राखेकाे छु’

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधान निर्माण गर्न दलहरूबीच सहमति हुन नसकेमा संविधानसभाको नियम र अभ्यासअनुरुप अगाडि बढ्ने बताएका छन् ।

दलहरूबीच सहमति भएमा सोहीअनुसार कार्यतालिका बन्ने र सहमति हुन नसकेमा भिन्न तरिकाले कार्यतालिका बनाएर अगाडि बढ्ने बताउँदै अध्यक्ष नेम्बाङले भने, “कुन मितिमा संविधान बन्छ भन्ने कुराको हिसाब किताब मेरो खल्तीमा राखेको छु ।”

नेपाल सद्भावना पार्टीको रजत जयन्तीका अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग अध्यक्ष नेम्बाङले दलहरूलाई धेरै अविश्वास गर्नु ठीक नभएको जिकिर गर्दै  ६ वैशाखसम्म सहमति हुने विश्वास व्यक्त गरे ।

पार्टी अध्यक्ष अनिलकुमार झाले एकीकृत नेपालभित्र सम्पन्न मधेस र अधिकारसम्पन्न मधेश हुनेपर्नेमा जोड दिँदै मधेशबिनाको नेपाल र नेपालबिनाको मधेशको परिकल्पना हुन नसक्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>