समाचारशुक्रबार, बैशाख ४, २०७२
थापालाई अन्तिम श्रद्धाञ्जलि दिइदै
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले चाबहिलस्थित पार्टी कार्यालयमा राखिएको छ ।
यसअघि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आज बिहान थापा निवास मालीगाउँमा पुगी उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
स्वर्गीय थापालाई श्रद्धाञ्जलि अर्पण गर्न आज बिहान अर्थ मन्त्री डा रामशरण महत, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेपालका लागि चिनका राजदूत उ छुन्ताई, नेपाली कांग्रेसका युवा नेता तथा सभासद्हरु गगन थापा, उदयशमशेर राणालगायत विभिन्न दलका नेता, कार्यकर्ता मालीगाउँ पुगेका थिए ।
सबै तस्वीरहरु: देवकी बिष्ट








