समाचारशुक्रबार, बैशाख ४, २०७२

पूर्वप्रधानमन्त्री स्व थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

हिमालखबर

t8पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ ४ वैशाख साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

थापाको पार्थिव शरीरमा उनका छोरा एवम् वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिएका थिए ।

t6यसअघि स्व थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।

t4स्व थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए ।

t3पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बनेका स्व थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाउनुका साथै सलामी अर्पण गरेको थियो ।

t1थापाको १ वैशाख राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।

t10

t9

t7

t11t2

t5t3

bamdev

सबै तस्वीरहरु: देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>