समाचारशनिबार, बैशाख ५, २०७२
कांग्रेस-एमालेको सत्ता लोभले संविधान बनेन: दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको आरोप लगाएका छन् ।
उनले सत्तामा रहेका दलहरुले सत्तामै टिकिरहने सोच बनाउँदा संविधान लेखनतिर ध्यान नदिएको समेत आरोप लगाए ।
भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ३० दलीय मोर्चाका संयोजक समेत रहेका दाहालले अहिले मोर्चामा देखिएको खटपट सामान्य भएको दाबी गर्दै केही दिनमा त्यसको समाधान हुने दाबी गरे ।
उनले विपक्षी मोर्चा सहमतिमा संविधान जारी गर्ने सोचमा रहेकाले सरकार र बाहिर बसेका सम्पूर्ण दल मिल्नाको विकल्प नभएको बताएका थिए ।
