समाचारशनिबार, बैशाख ५, २०७२

मिडियाले बढी हल्ला गरेः स्वास्थ्यमन्त्री

हिमालखबर

Khagaraj-Adhikariस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको फ्लू बारे मिडियाले बढी नै हल्ला गरेको आरोप लगाएका छन् ।

५ वैशाखमा दोलखा पुगेका मन्त्री अधिकारीले जाजरकोटमा फैलिएको फ्लूका बारेमा सरकार र स्वास्थ्यमन्त्रालय सजय भएको दाबी गर्दै मिडियाले बढी हल्ला गरेर त्रास फैलाएको बताए ।

तीन सातादेखि जाजरकोटमा फैलिएको फ्लूबाट २१ जनाको मृत्यु भइसकेको छ भने सयौं विरामी परेका छन् । स्थानीय अस्पतालमा पर्याप्तमात्रामा स्वास्थ्यकर्मी र औषधि नहुँदा विरामीसँगै मृत्यु हुनेको संख्या बढदै गएको छ ।

मन्त्री अधिकारीले भने अब थप विरामीहरुको मुत्यु हुन नदिन सरकारले आवश्यक व्यवस्था गरेको भन्दै रोग नियन्त्रणमा आउन अझै ८/१० दिन लाग्ने बताए ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ दोलखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा मन्तव्य दिन पुगेका अधिकारीले भने, “मिडियामा हल्ला चलेजस्तो छैन, स्वास्थ्यकर्मीहरुले ८÷१० दिनमा रोग पूर्ण नियन्त्रणमा आउने बताएका छन् ।”

स्वास्थ्य मन्त्रालयबाट ४ जना विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीसहित जिल्लास्थित स्वास्थ्यकर्मीहरुलाई प्रभावित गाविसमा परिचालन गरिएको उनले जानकारी दिए ।
सर्मिला बुढाथोकी,दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>