थप समाचारशनिबार, बैशाख ५, २०७२

नदीमा डुबेर दुईको मृत्यु, तीन वेपत्ता

हिमालखबर

nadiदाङको बबई नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । तीन जना वेपत्ता भएका छन् ।

बबई नदीमा पौडी खेल्ने क्रममा तुलसीपुरदेखि दक्षिण शीतलपुरमा डुबेर रुकुम खलङ्गाका १६ वर्षीय मञ्जीत गौतम र सल्यानका १८ वर्षीय भरत चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।

मृतक गौतम ज्ञानज्योति कलेज र चन्द दाङभ्याली कलेजमा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।

त्यस्तै ४ वैशाख अपराह्नदेखि राप्ती नदीमा बेपत्ता भएका १२ वर्षीय कमल पौडेल अझैसम्म फेला परेका छैनन् ।

दाङकै लालमटी–४ मा राप्ती नदीमा पौडी खेल्ने क्रममा अपराह्न साढे ४ बजे उनी बेपत्ता भएका थिए ।

बालक बेपत्ता भएको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको भएपनि अझैसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

धनकुटामा मलामी गएका दुई वेपत्ता
मलामी गएका दुई युवक धनकुटाको पाख्रिबास–१४ सुनबालुवा स्थित अरुण नदीमा बेपत्ता भएका छन् ।

पाख्रिबास नपा–६ का १७ बर्षीय सुधन सापकोटा र मोरङ दुलारी स्थायी घर भई हाल पाख्रिबासमा डेरा गरी बस्दै आएका १८ वर्षीय टेनिस राई नदीमा डुवेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुन बालुवास्थित नयाँ पुल नजिकबाट उनीहरुलाई नदीले बगाएको हो ।

स्थानीय हरीमाया थापाको दाहसंस्कारका लागि मलामी गएका वेला नुहाउँने क्रममा उनीहरुलाईे नदीले बगाएको थियो ।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>