समाचारआइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
![तस्वीर: सुरजकुमार भुजेल](http://www.himalkhabar.com/wp-content/uploads/2016/07/Accident-3.jpg)
तस्वीर: सुरजकुमार भुजेल
मकवानपुरको मनहरी–३ रमनटारमा दुईवटा बस एकआपसमा जुध्दा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा जुध्दा दुर्घटना भएको हो ।
६ जनाको घटनास्थलमा, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
दुर्घटनामा परेका घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।
![तस्वीर: सुरजकुमार भुजेल](http://www.himalkhabar.com/wp-content/uploads/2016/07/Accident-01.jpg)
तस्वीर: सुरजकुमार भुजेल
घटना बिहान साढे ३ बजे भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मृतकमध्ये उदयपुरका विनोद चौधरी र सन्तोष चौधरी (२७) को पहिचान खुलेको छ ।
दुर्घटनामा घाइते ३१ जनाको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
सुरजकुमार भुजेल, मकवानपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
![Loading ... Loading ...](http://archive.himalkhabar.com/wp-content/plugins/wp-polls/images/loading.gif?bf936f)