Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अर्पणा आभुषण - Himalkhabar.com

रमझमसोमबार, साउन ३, २०७३

अर्पणा आभुषण

हिमालखबर

परम्परागत नेपाली गहनालाई पश्चिमी रुपरंगमा ढालेकी अर्पणा रायमाझी अमेरिकामा चर्चा बटुलिरहेकी छन् ।

arpana0

आयशा शाक्य, न्यूयोर्क
न्युयोर्कको फेसन वृत्तमा तीन वर्षअघि मात्रै ‘डेब्यु’ गरेकी अर्पणा रायमाझीको चर्चाले समयलाई नै पछि पारेको छ । यसो हुनुमा आभूषणका माध्यमबाट नेपाली संस्कृतिलाई पश्चिमी शहरी शैलीमा मिसाउनु नै हो ।

arpana1काठमाडौं घर भएकी २८ वर्षीया अर्पणाको डिजाइनलाई प्रसिद्ध फेसन पत्रिका भोगले समेत प्रकाशित गरिसकेको छ । इन्स्टाग्राममा उनको फलोअर (२७ हजार) कारण पनि उनलाई विश्वमाझ् चिनिन मद्दत गरिरहेको छ ।

परम्परागत नेपाली गहनाबाट प्रभावित अर्पणाले विशेष गरी नेपालका जनजाति महिलाका गहनालाई पश्चिमा शहरीया सम्मिश्रण दिएकी छन् । घाँटीमा लगाइने मालादेखि कम्मरको पेटीसम्म डिजाइन गर्ने उनका गहना आधुनिक, रंगीन र चिटिक्क देखिन्छन् ।
“मलाई आफ्नै देशसँग सम्बन्ध छुट्न थालेकोमा चिन्ता थियो,” अर्पणा भन्छिन्, “अहिले गहना डिजाइन गरिरहँदा फेरि देशसँग जोडिन पाएकोमा खुशी लागेको छ ।”

अर्पणाको अनुभवमा अमेरिका गएपछि मात्र उनले आफू हुर्केको ठाउँ र वस्तुलाई नयाँ आयाममा देख्न थालिन् । “हाम्रा आफ्नै हस्तकलाका सामानप्रति म बढी वस्तुगत भएँ । केही डिजाइन त साँच्चिकै अती नै सुन्दर छन्,” उनी भन्छिन् ।

arpana3अर्पणाका सृजनाका विभिन्न शृंखला छन् र प्रत्येक शृंखलाका आफ्नै कथा र विशेषता । उनका गहनामा पोते, रबर, धागो, फेब्रिक, चाँदी र सुन बढी प्रयोग हुन्छन् तर, कुनै विशेष डिजाइनमा सीमित हुँदैनन् । आधुनिकतासँगै गहना प्रयोगको परिभाषा ‘थोरै र सजिलो’ मा बदलिएको तर आफू धेरै गहनामै विश्वास गर्ने उनको धारणा छ । “प्रयोग गर्ने सामाग्री र रंगको संयोजनबाटै म आफ्ना सिर्जनालाई उन्नत बनाइरहेकी छु,” अर्पणाको दावी छ ।

त्यसो त उनी आफ्नो सिर्जनामा नयाँ र पुराना गहनामात्र होइन, साहित्यबाट समेत प्रभाव परेको बताउँछिन् । उनका सृजनाको पहिलो शृंखला “द मेलानकोली डेथ अफ द अर्चिन गर्ल” टिम बर्टनको कवितासंग्रह ‘द मेलानकोली डेथ अफ इस्टर बोय’ बाट प्रभावित थियो । यसबाहेक आदिवासी, पपुलर कल्चर, रक एण्ड रोल र मृत्युबाट समेत उनका कला प्रेरित छन् ।

arpana5चित्रकला, संगीतजस्ता विषयमा रुची भएकी अर्पणाले न्यूयोर्कको कुपर युनियनबाट फाइन आर्ट्समा स्नातक गरेपछि मात्रै गहना डिजाइन थालेकी हुन् । सन् २०१४ मा अर्पणा जेवल्स खोलेपछि उनको व्यसायिकता शुरु भएको हो । उनी अधिकांश आफ्ना गहनाका डिजाइन इन्ष्टाग्रामबाटै सार्वजनिक गर्छिन् । आफ्नो व्यवसायको थप विस्तारपछि एकल आमाहरुलाई रोजगारी दिने अर्पणाको योजना छ ।

अर्पणाको अर्को विशेषता के छ भने उनी आफ्ना गहनाको मोडलिङ आफैं गर्छिन् । योसँगै आफू प्रभावित भएका विषयका तस्वीर पनि इन्स्टाग्राममा राख्छिन् । अर्पणाका गहनाका अधिकांश ग्राहक अमेरिकी नै हुन् । तर, अब यूरोप, अष्ट्रेलिया र जापानमा पनि उनका सृजनाको विस्तार हुँदैछ ।

एक्कासी चुलिएको ख्यातीलाई राम्ररी तौलेकी अर्पणा आफ्नो पैतलाले जमिन नछाडेको बताउँछिन् । “जीवनमा सँधैका लागि भन्ने केही छैन”, दार्शनिक भावमा उनी भन्छिन्, “मेरो कामलाई ब्यापक अर्थ दिंदै यसले मानिसहरुलाई व्यक्तिगत रुपमा प्रभाव पारोस भन्ने चाहन्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>